बर्दिबास — सामाजिक सञ्जालमा बढ्दो मिथ्या सूचना र भ्रामक समाचारको पहिचान तथा नियन्त्रणका लागि बर्दिबास नगर पत्रकार सञ्जालले स्थानीय पत्रकारहरूका लागि दुई दिने विशेष तालिम सम्पन्न गरेको छ।

तालिममा डिजिटल टुल्स, अनलाइन भेरिफिकेसन, तथा नैतिक पत्रकारिताका अभ्यासहरूबारे विज्ञहरूले सहजीकरण गरेका थिए।